नियम १८
लाइसेन्स लिनु नपर्ने

देहायका रेडियो यन्त्र राख्न तथा प्रयोग गर्नको लागि लाइसेन्स लिनु पर्ने छैन ।
(क) रेडियो वा टेलिभिजन प्रसारणहरू सुन्ने वा सुन्ने देखिने संयन्त्रहरू,
(ख) नेपाल सरकार, सञ्चार मन्त्रालयले स्तर निर्धारण गरी निश्चित गरी दिएको रेडियो कन्ट्रोल खेलौना, कर्डलेस माइक्रोफोन र ३० मिटर दूरी भन्दा कम क्षमताको कर्डलेस टेलिफोन र
(ग) नेपाल सरकार, सञ्चार मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएका अन्य रेडियो यन्त्र ।